काठमाण्डु – भ्रष्टाचार मुद्दा लागेपछि नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही स्वतः निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि शाहीको सांसद पद समेत निलम्बनमा परेको छ । भ्रष्टाचार निवारण ऐन २०५८, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ मा भएको व्यवस्था अनुसार सार्वजनिक पदमा भएको…