काठमाण्डु- राजावादी र समाजवादी मोर्चाको प्रदर्शनका कारण शुक्रबार बिहानैदेखि काठमाण्डु उपत्यकाको यातायात प्रभावित भएको छ । दुवै पक्षको जुलुस र सभाका कारण काठमाडौँसहित ललितपुर, भक्तपुर र कीर्तिपुरको मुख्य सडकमा यातायात प्रभावित भएको हो । समाजवादी मोर्चाले प्रदर्शनीमार्गमा बनाएको मञ्चका कारण त्यस क्षेत्रमा बिहानैदेखि सवारी साधनहरू आवतजावतमा रोक लगाइएको छ । रत्नपार्कदेखि भद्रकालीसम्म र प्रदर्शनीमार्ग, भृकुटीमण्डपको…