काठमाण्डु–- नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै थालेको काठमाण्डु केन्द्रित आन्दोलन तेस्रो हप्ता चलिरहेको छ । चैत २० देखि जारी शिक्षकहरूको आन्दोलनको माग सम्बोधन गर्न सरकारबाट पहल भएको छैन । सरकारले आफूहरूको माग नसुनेको भन्दै महासंघले आन्दोलनलाई निर्णायक बनाउन थप दबाबमूलक कार्यक्रम पनि सुरु गरेको छ । महासंघले माध्यमिक शिक्षा परीक्षा…