विवादमा तानिइन् प्रधानमन्त्री

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय प्रकृति संरक्षण कोषमा आफ्नै स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय विवादमा परेको छ । यो निर्णय नवयुवा आन्दोलनको मर्म विपरीत भएको भन्दै अभियन्ताहरूले विरोध गरेका छन् । जेन–जी फ्रन्टकी संयोजक रक्षा बमले वर्तमान सरकारले पनि तत्कालीन सरकारले झैँ गलत नजिर स्थापित गरेको टिप्पणी गरेकी छिन् । सामाजिक सञ्जाल…