काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ । सोमवार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत लिँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । यस्तै बैठकले तत्काल प्रदेश सरकारमा पनि सहभागी नहुने तर आवश्यकताअनुसार पछि जान सकिनेगरी आवश्यक कार्यादेश अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको…