काठमाण्डु- नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतवार बसेको पदाधिकारी बैठकले राष्ट्रियसभा अध्यक्षको दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नारायण दाहाल प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन् । पछिल्लो समय प्रचण्डले पार्टीमा नातेदारलाई मात्र पद दिने गरेको भन्दै आलोचना भइरहेको छ ।…