काठमाण्डु- नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । आज साँझ पाँच बजे बस्ने गरि बैठक बोलाइएको हो । उक्त बैठकले राष्ट्रियसभाको अध्यक्षको उम्मेदवार तय गर्नेछ । राष्ट्रियसभाको अध्यक्षमा झक्कु सुवेदीलाई उठाउने माओवादीको तयारी छ । आज बस्ने पदाधिकारी बैठकले सुवेदीलाई राष्ट्रियसभाको अध्यक्षका लागि उम्मेदवार बनाउने स्रतोले बताएको छ । सत्ता गठबन्धनको सहमतिअनुसार अध्यक्ष माओवादीको…