काठमाण्डु - सत्तासाझेदार प्रमुख दल नेकपा (एमाले) ले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाएको छ । शुक्रवार बिहान पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले वैशाख ८ र ९ गतेका लागि महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गरेको हो । बैठकपछि एमाले महासचिव शंकर पोखरेलले ‘महाधिवेशन प्रतिनिधि परिषद्को बैठक वैशाख ८ र ९ गते आयोजना गर्ने…