काठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार विभिन्न विकास परियोजनाको उद्घाटन तथा सार्वजनिक सभालाई सम्बोधन गर्न महोत्तरी र बारा जाँदै छन्। प्रधानमन्त्री ओलीले महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदीमा निर्मित पुलको उद्घाटन गर्ने कार्यक्रम छ। त्यस्तै, मटिहानी–६ मा निर्माण सम्पन्न भएको प्रसूतिगृहको उद्घाटनपछि उनले त्यहाँ आयोजना गरिने सभालाई समेत सम्बोधन गर्नेछन्। शुक्रबार नै जनकपुर–कुर्था–सम्सी सडकखण्ड…