काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालको उपयोग र दुरुपयोगबारे चेतना जगाउन बृहत् कार्यक्रम आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाण्डुमा आयोजित ‘सामाजिक सञ्जालको उपयोग/दुरुपयोग’ विषयक गोष्ठी तथा विद्वान व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जाल अब जीवनको अभिन्न हिस्सा बनिसकेको बताए । महामन्त्री थापाले भने, ‘आजको दिनमा कोही पनि सामाजिक सञ्जालबाट…