मन्त्रिपरिषद् बैठक बस्दै,गभर्नर नियुक्ति होला ?

काठमाण्डु - आज मन्त्रिपरिषद्को बैठक बस्दैँछ । सोमबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओली थाइल्याण्डबाट बिमेस्टक सम्मेलनमा भाग लिएर फर्किएपछिको पहिलो मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । आजको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्न सक्ने सम्भावना रहेकाे छ ।…