कांग्रेसकाे पदाधिकारी बैठक भोलि बस्ने

काठमाण्डु– नेपाली कांग्रेसले पार्टी पदाधिकारी बैठक बोलाएको छ। कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबारका लागि पदाधिकारी बैठक बोलाएका हुन् । बैठक भोलि दिउँसो २ बजे सभापतिको निवास बूढानीलकण्ठमा बस्ने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए उनका अनुसार बैठकमा विकसित राजनीतिक घटनाक्रम, पार्टीका आन्तरिक गतिविधि, सदनको प्रभावकारितालगायतको विषयमा छलफल हुनेछ ।