उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम समापन

काठमाण्डु – सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा सञ्चालन भएको उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिम मंगलबार रक्षामन्त्री मानवीर राईको प्रमुख आतिथ्यमा समापन भएको छ । रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा विभिन्न मन्त्रालय, संवैधानिक निकाय, विश्वविद्यालय, सञ्चार जगत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल एवं राष्ट्रिय अनुसन्धान विभागबाट कूल २९ जना सम्मिलित थिए…