काठमाण्डु- शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट नियम संगत भएको दाबी गरेकी छन् ।सोमबार बसेको संसदको शिक्षा समितिको बैठकमा उनले नियमसंगत त्रिविको उपकुलपति छनोट गरिएको दाबी गरेकी हुन् । उपकुलपति छनोटका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको संयोजकत्वमा गठित सिफारिस समितिमा कसैका विरुद्ध उजुरी नपरेको उनले जानकारी दिइन् ।…