काठमाण्डु – नेकपा माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘डिजिटल वक्तृत्वकला’ प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेका छन् । जनयुद्ध दिवसका अवसर योङ कम्युनिष्ट लीग, नेपालले आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरे । प्रतियोगितामा प्रथम हुने आशा उपरकोटीले ५५ हजार, द्वितीय हुने सिलु क्षत्रीले ३५ हजार र तृतीय स्थान…