लघुवित्त र सहकारी पीडितबारे रास्वपाले प्रधानमन्त्रीलाई बुझायो सुझावपत्र

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी तथा लघुवित्तीय संस्थाको संकट र समाधानका उपायसहितको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ। रास्वपा सहभापति रवि लामिछानेले उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा तयार पारेको संकट समाधानका उपायसहितको प्रतिवेदन बालुवाटारमा पुगेर बुझाएको हो। रास्वपाको सुझावपत्र बुझ्दै प्रधानमन्त्रीले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं नेपालीलाई न्याय दिन आफै सक्रिय भइरहेको बताए…