काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ । मंगलबार क्यानले एसीसी यू–१९ प्रिमियर कप खेल्न दुबई जाने युवा राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामनासहित बिदा गरेको हो । क्यानका अध्यक्ष चतुर बहादुर चन्दले टोलीलाई शुभकामना दिँदै आएको राम्रो अवसर गुमाउन नहुने बताए । उनले भने, ‘टोलीलाई हृदयदेखि नै…