काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संक्रमणकालीन न्याय सम्बन्धीको विषय सहमतिबाटै टुंग्याउनुपर्ने बताएका छन् । आज मंगलबार काठमाण्डुमा आयोजित मानव अधिकार रक्षकहरूको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पीडितमैत्री ऐन बनाएर टीआरसी विधयक टुंग्याउनुपर्ने बताए । संक्रमणकालीन न्यायको विषय गम्भीर भएकाले राजनीतिक मुद्दा बनाइनु नहुने उनले बताए । सर्वोच्च अदालतले दिएको निर्देशक, मानव…