काठमाण्डुका मेयर बालेनको निर्णयविरुद्ध प्रदर्शनमा उत्रिए रवि लामिछाने

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को खुलामञ्चलाई फूटबल मैदान बनाउने निर्णयविरुद्धको प्रदर्शनमा सहभागी भएका छन् । काठमाण्डुको खुलामञ्चलाई फूटबल मैदान बनाउने महानगरपालिकाको तयारीविरुद्ध शुक्रवार खुलामञ्चमै प्रदर्शन भएको छ । प्रदर्शनमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि रास्वपा सभापति रवि लामिछानेसम्म सहभागी भएका छन् । ‘अकुपाइ टुँडिखेल’…