काठमाण्डु- सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा रौटहतका उमाशङ्कर प्रसादलाई नियुक्त गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा निजी क्षेत्रको पनि प्रतिनिधित्व हुनेगरी राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने पनि निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। बैठकले नेपाल वायुसेवा निगमको रिक्त उपाध्यक्ष पदमा…