बुटवल – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारलाई दबाब दिन युवा सडकमा आउनुपर्ने बताएका छन् । राष्ट्रिय युवा संंघ नेपाल रुपन्देही प्रचार विभागले शुक्रबार आयोजना गरेको स्व. परमानन्द खरेलको स्मृति फूटसल प्रतियोगिता उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले सरकारको विकास विरोधी गतिविधिविरुद्ध सडकमा आउन आवश्यक रहेको बताए । गठबन्धन सरकारको काम विकास विरोधी भएकाले सरकारविरुद्ध…