काठमाण्डु- मंगलबारदेखि परेको लगातारको वर्षापछि आएको बाढीपहिरोले विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । बाढीले नारायणघाट–बुटवल सडक फेरि अवरुद्ध भएको छ। दाउन्ने–बर्दघाट खण्डको खुर्साने खोलानजिकै सडकको केही भाग वर्षाको कारण बगेको कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। वर्षाको कारण क्षति भएको सडकको मर्मत कार्य सुरु भइसकेको नारायणघाट–बुटवल सडक योजनाले जनाएको छ। बुधबार दिउँसोसम्ममा सडकको…