काठमाण्डु – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को शनिबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा हुन लागेको दोस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर सुदूरपश्चिमलाई बलिङको निम्तो दिएका हुन् । जनकपुरले शनिबारको खेलमा कप्तान परिवर्तन गरेर शनिबारको लागि कप्तानी वायन पार्नेललाई दिइएको छ ।…