काठमाण्डु – महोत्तरी र रौतहटमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा २ जनाको मृत्यु भएको छ । महोत्तरीको पिपरा गाउँपालिका–३ शिव चोकस्थित सडकमा जनकपुरबाट जलेश्वरतर्फ जाँदै गरेको बा.प्र.०६–००५ प ६४३४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री पिपरा गाउँपालिका–४ बस्ने ७३ वर्षीया शिवो देवीको मंगलबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जनता अस्पताल पिपरामा उपचारको क्रममा…