काठमाण्डु– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौँ महानगरपालिकालाई पत्र काटेको छ । मन्त्रालयले आफ्नो कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गर्दै महानगरपालिकालाई पत्र काटेको हो । प्रमुख प्रशासकीय अधिकृतका रूपमा काठमाडौँ महानगरपालिकामा खटाइएका कर्मचारी सरोज प्रसाद गुरागाईंलाई हाजिर गर्न नदिएको गुनासो आएपछि मन्त्रालयले पत्राचार गरेको हो । पत्रमा भनिएको छ ‘प्रस्तुत विषयमा तहाँ महानगरपालिकाका…