पूर्वराजाको संकेतले हौसिएको राप्रपा : राजसंस्था फर्काउने बाटो सडक कि संसद् ?

काठमाण्डु – २०६३ वैशाख ११ गतेको शाही घोाषणाबाट राजगद्दी त्याग गर्दै तत्कालीन राजा ज्ञानेन्द्र शाहले भनेका थिए, ‘जनताको नासो जनतालाई नै सुम्पेका छौं ।’ राजतन्त्र अन्त्य भएको २०औं वर्ष प्रवेशको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाह फेरि सक्रिय हुन थालेका छन् । फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा शाहले शुभकामना सन्देश दिँदै साथ दिन देशवासीलाई आह्वान…