काठमाण्डु – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आजको राष्ट्रिय राजनीति सहज नभएको बताएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै पोखरेलले भूराजनीतिक संवेदनशीलताका कारण नेपाल धरै किसिमका संकट झेल्न बाध्य बनेको बताए । ‘यसलाई चिर्न राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्ने आवश्यकता छ, राष्ट्रिय शक्ति एकताबद्ध भएर मात्रै भूराजनीतिक संवेदनशीलताबाट सिर्जित समस्यासँग हामी…