काठमाण्डु - नेकपा (एमाले)का सचिव रघुवीर महासेठले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच कुनै अन्तरविरोध नरहेको बताएका छन् । पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउने विषयले न त पार्टीमा न ओलीसँग कुनै प्रकारको अन्तरविरोध नभएको महासेठले बताए । जनकपुरधाममा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै महासेठले भण्डारी एमालेको सक्रिय राजनीतिमा आए पनि अध्यक्षकै प्रस्तावमा आउने जिकिर…