काठमाण्डु- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानअनुसार अहिलेको निर्वाचन प्रणालीमा एक्लै बहुमत ल्याउन गाह्रो रहेको बताएका छन् । निर्वाचनमा एउटामात्र दलले बहुमत ल्याउने परिस्थिति नभएको भन्दै उनले अघिल्लो निर्वाचनमा भन्दा बढी सिट जित्नुपर्नेमा जोड दिए । प्रतिनिधि सभाका क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरूको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सोमबार भैरहवामा सम्बोधन गर्दै सभापति देउवाले…