काठमाण्डु – प्रहरीले अवैध लागूऔषधसहित दाङ र कैलालीबाट २ जनालाई पक्राउ गरेको छ । दाङको घोराही उपमहानगरपालिका–१३ प्रगति टोलबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम २८० मिलिग्रामसहित रोल्पा माडी गाउँपालिका–३ तालावाङ घर भएका १९ वर्षीय दुर्लभ घर्ती मगरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।…