काठमाण्डु– नयाँ बानेश्वरमा स्वर्गद्वारी गुठी पीडित र प्रहरीबिच झडप भएको छ । स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समितिले आयोजना गरेको प्रदर्शनमा झडप भएको हो । केहि दिन देखी प्रदर्शन गर्दै आएका प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरस्थित बेकरी क्याफे अगाडी झडप भएको थियो। झडपमा प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् ।…