रास्वपा आगामी निर्वाचनमा चौथोबाट पहिलो पार्टी बन्ने उपसभापति वाग्लेको दाबी

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति स्वर्णिम वाग्लेले मधेशदेखि काठमाण्डु उपत्यका सबै देशलाई नै जोड्ने गरेर विभिन्न अनुहारहरूलाई पार्टीमा प्रवेश गराएको बताएका छन् । बिहीबार काठमाण्डुमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले देशको अनुहार जस्तो छ, पार्टीको अनुहार पनि त्यस्तै बनाउने अभियानमा रास्वपा लागेको भन्दै त्यसको सानो झलक आजको पार्टी प्रवेश कार्यक्रमबाट देखिएको बताए ।…