एमालेले राष्ट्रिय सभाका १९ वटै सिटमा उम्मेदवारी दिने, उम्मेदवार ओलीले टुंग्याउने

काठमाण्डु – नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार टुंग्याउने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिने निर्णय गरेको छ । ललितपुरको च्यासल कार्यालयमा ४ घण्टा चलेको पार्टी सचिवालय बैठकमा सातै प्रदेशबाट आएका नामहरूबारे प्रारम्भिक छलफल भएको महासचिव शंकर पोखरेलले जानकारी दिए । पार्टीले १९ वटै सिटमा उम्मेदवारी दिने र क्लस्टर मिलाउन बाँकी रहेको उनले बताए…