भारतीय दूतावासले २० करोड आफूखुसी खर्च गर्न पाउँदैन : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले नेपालमा सिधै लगानी गर्न पाउने भनिएको २० करोड रुपैयाँसम्मको परियोजना आफूखुसी खर्च गर्न नपाउने बताएका छन्। शुक्रबार बिहान राज्यव्यवस्था समितिको बैठकमा सदस्यहरुले राखेको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले नेपालस्थित भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको योजनामा आफूखुसी खर्च गर्न नपाउने बताएका हुन् । बिहीबार भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा…