चीनका लागि नेपाली राजदूत शर्माले बेइजिङ पुगेर सम्हाले कार्यभार

चीनका लागि नेपाली राजदूत शर्माले बेइजिङ पुगेर सम्हाले कार्यभार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ- चीनका लागि नेपाली राजदूत डा. कल्याणराज शर्माले बेइजिङस्थित नेपाली दूतावासमा आफ्नो कार्यभार सम्हालेका छन्।

बेइजिङ डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बिहीबार उपनियोग प्रमुख रोशन खनालसहित दूतावासका वरिष्ठ अधिकारी र चीनको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए।

कात्तिक ३० गते नियुक्त भएका शर्माले विमानस्थलमा पाए स्वागत; संसदीय सुनुवाइमा राजनीतिक विश्वास, व्यावहारिक लाभ र सीमा सञ्चालनलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका थिए

डा. शर्मा कात्तिक ३० गते भारत, चीन र इजरायलका लागि राजदूत नियुक्त भएका तीन जनामध्ये एक हुन्।

उनीसहित भारतका लागि डा. निश्चलनाथ पाण्डे र इजरायलका लागि सुरेशकुमार कर्णले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए।

राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा उनीहरूले राजदूत पदको शपथ लिएका थिए।

यसअघि डा. शर्माले असोज २६ गते संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना तथा प्रतिबद्धतापत्र प्रस्तुत गरेका थिए।

उनले नेपाल र चीनबीचको राजनीतिक विश्वास कायम राख्दै नेपाली नागरिक र सरकारलाई व्यावहारिक लाभ दिलाउनु आफ्नो मुख्य उद्देश्य रहेको बताएका थिए।

उनले दुई देशका सरकारबीचको विश्वास जोगाउने र नेपालको राष्ट्रिय हित निष्ठापूर्वक प्रस्तुत गर्ने प्रतिबद्धता जनाएका थिए।

आफ्नो कार्ययोजनामा राजनीतिक विश्वास, व्यावहारिक लाभ र सीमा सञ्चालनलाई प्रमुख प्राथमिकतामा राखेका थिए।