पूर्वमुख्यसचिव अर्याललाई ४ दिन हिरासतमा राख्न अनुमति

पूर्वमुख्यसचिव अर्याललाई ४ दिन हिरासतमा राख्न अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पूर्वमुख्यसचिव एकनारायण अर्याललाई हिरासतमा राखेर अनुसन्धान गर्न ४ दिनको म्याद दिइएको छ।

शुक्रबार जिल्ला अदालत काठमाण्डुले अर्याललाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

भारतको दिल्लीबाट पक्राउ परेका उनलाई सिलगुडी हुँदै बिहीबार पूर्वी नाकाबाट नेपाल ल्याइएको थियो।

म्याद थपका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार उनलाई अदालतमा उपस्थित गराएको थियो।

अर्यालमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा सीआईबीले अनुसन्धान गरिरहेको छ।