डीआईजी अर्यालको नाम एआईजी बढुवाका लागि सिफारीस,वैशाख १९ पछी आईजीपी बन्ने निश्चित


काठमाण्डु- सशस्त्र प्रहरी बलका डीआईजी राजु अर्याल एआईजी बढुवाका लागि सिफारीस भएका छन् । गृहमन्त्रालयमा आईतबार बसेकोे बढुवा समितिको बैठकले अर्याललाई एआईजी बढुवामा सिफारीस गर्ने निर्णय गरेको हो ।

सशस्त्रमा एआईजी बढुवाका लागि चार जना डीआईजीहरुले शैक्षिक योग्यताको प्रमाणपत्र बुझाएका थिए । डीआईजी अर्यालसहित नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशी दाहालले बढुवाका लागि प्रमाणपत्र बुझाएपनि वरियताका आधारमा एक नम्बरमा रहेका अर्याल एआईजीमा बढुवा सिफारिस भएका हुन् ।

अहिले एआईजीमा बढुवा हुने डीआईजी नै बैशाख १९ पछी सशस्त्र प्रहरीको ४ वर्षे महानिरीक्षक हुने लगभग निश्चित छ । यससंगै डीआईजी अर्याल केसीपछी आईजीपी बन्ने बाटो खुलेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement