सशस्त्रमा वैशाख १८ पछी को बन्ला नयां आईजीपी ?


काठमाण्डु– सशस्त्र प्रहरीमा नयां आईजीपीको प्रतिस्पर्धा सुरु भएको छ । सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक पुष्पराम केसीले वैशाख १८ गते अवकास पाउंदैछन् । त्यसपछी सशस्त्रमा महानिरीक्षक पद रिक्त हुनेछ ।

सशस्त्रका आईजिपी शैलेन्द्र खनालले गत मंगलवार अवकास पाएपछी सरकारले केसीलाई महानिरीक्षक नियुक्त गरेको थियो । यदी यो बिचमा नियमावली परिवर्तन भएको अवस्थामा केसील २ वर्ष अरु आईजीपी बन्नेछन् । तर, त्यो सम्भावना भने तत्काल कम भएको स्रोत बताउंछ ।

केसी समेत खनालकै ब्याचका अधिकारी हुन् । केसीसंगै सशस्त्रका अर्का एआईजी रामशरण पौडेलले समेत अवकास पाउनेछन् । त्यसपछी शसस्त्रमा अर्को एक जना एआईजीको दरबन्दी रिक्त हुनेछ । सशस्त्र प्रहरी महानिरीक्षक केसीले पद वहाली गरेकै दिन बुधवार रिक्त एक एआईजीको बढुवाका लागि तीन दिने सूचना प्रकाशित गरिसकेका छन् । त्यसमा वरियतामा एक नम्बरमा रहेका डीआईजी राजु अर्याललाई बढुवा गर्ने सरकारको तयारी रहेको स्रोतको दावी छ ।

सत्तारुढ दल नेपाली कांग्रेसभित्र वरियतामा मिच्न नहुने र पौडेललाई नै आईजीपी बनाउनुपर्ने पक्षमा अधिकांश नेताहरु छन् । काठमाण्डौं घर भएका अर्यालको पक्षमा नेताहरु प्रकाशमान सिंह, गृहमन्त्री बालकृष्ण खांड,प्रकाशशरण महत र जितजंग बस्नेतसम्म रहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा समेत वरियतामा नमिच्ने पक्षमा रहेको उनि निकट स्रोत बताउंछ ।

उत्ता दोस्रो नम्बरमा रहेका र सुर्खेत घर भएका पौडेलको पक्षमा भने माओवादीका नेताहरु बढी छन् । माओवादीका नेताहरु शक्ति बस्नेतदेखी जनार्दन शर्मा, महेन्द्र शाही र कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र जिवन शाहीले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसम्मलाई आईजीपी बनाउन दबाव दिइरहेका छन् । भर्खरै अवकासप्राप्त आईजीपी खनाल समेत पौडेलेका पक्षमा लविङ गरिरहेका छन् ।

तर,सशस्त्र प्रहरीमा पछिल्लो पटक नेतृत्वका दावेदारहरुबीच स्वस्थ प्रतिस्पर्धा गर्ने सहमति भएको छ । यसअघि संगठनको प्रमुख बन्न एक अर्काको विरुद्ध विभिन्न प्रचारवाजी हुने गरेपनि यसपटक भने दुवैले आफु बन्ने दावी सहित घरदैलो गरेपनि अस्वस्थ प्रतिस्पर्धा भने गरेका छैनन् ।

सशस्त्रका आईजीपी खनाल नेतृत्वमा रहेका बेला संगठनभित्रको एकता भत्केको,उनले तल्लो तहका अधिकारीहरुबीच नै फांटो ल्याउने काम गरेको र संगठनमा राजनीतिक हस्तक्षेप धेरै भएको भन्दै नयां आईजीपीका प्रतिस्पर्धीहरु अहिले स्वस्थ प्रतिस्पर्धामा लागेका हुन् ।

उनिहरुमध्ये दुवै जना आईजीपी बन्ने लाईनमा छन् । दुवैले मिलेर संगठनलाई मजबूत बनाउने र एकले अर्कालाई सहयोग गर्ने भद्र सहमति गरेको निकट स्रोत बताउंछ ।

एआईजी बढुवाका लागि डीआईजीहरु नारायणदत्त पौडेल र सिपी गौतम समेत प्रतिस्पर्धामा छन् । तर, आईजीपी केसी समेत वरियतामा नमिच्ने पक्षमा भएकाले उनले अर्याललाई नै बढुवा गर्ने सम्भावना बढी छ ।

त्यसपछीको रिक्त स्थानमा भने पौडेल र गौतम कडा प्रतिस्पर्धा हुनेछ । वरियतामा पौडेल अघि छन् भने त्यसपछी गौतम छन् । गौतम नेपाली सेनाबाट सशस्त्रमा आएका हुन् भने पौडेल नेपाल प्रहरीबाट आएका हुन् ।

तत्कालिन नेकपाको सरकारले अर्याल,पौडेल र गौतम तिनै जनालाई एकै दिन डीआईजीमा बढुवा गरेको थियो । उनिहरुमध्ये गौतम भने सेवाअवधिका हिसावले अघि छन् । तर, देउवा नेतृत्वको सरकारले रिक्त एआईजीमा जस्को बढुवा गर्छ त्यही नै भावी आईजीपी बन्ने लगभग पक्का हुनेछ ।

गौतमले समेत आईजीपी बन्न चर्को लविङ गरिरहेका छन् । गौतम सैनिक अधिकृतका रुपमा नेपाली सेनामा २०५२ वैशाखमा भर्ना भएका थिए । डीआईजी अर्याल र पौडेलले भने २०५४ चैत्रमा नेपाल प्रहरीमा प्रहरी निरीक्षकका रुपमा सेवा प्रवेश गरेका हुन् ।

अर्याल महानिरीक्षक बने अहिलेकै नियमअनुसार ४ वर्ष संगठनको नेतृत्वमा बस्नेछन् । यदि नियमावली परिवर्तन भएको अवस्थामा उनि ३ वर्ष आईजीपी बन्नेछन् ।

त्यसपछी ३ वर्ष पौडेलले संगठनको नेतृत्व गर्नेछन् । यदी गौतम आईजीपी बनेको अवस्थामा भने अर्यालले त्यो अवसर पाएपनी पौडलले भने एआईजीबाटै अवकास पाउनेछन् ।

तस्विर :पर्दाफासबाट

प्रतिक्रिया दिनुहोस
Advertisement