कतारमा मासिक ४५ हजार तलबको काम लगाइदिने प्रलोभनमा पारेर ३ लाख ठगी गर्ने व्यक्ति पक्राउ

काठमाण्डु – कतार पठाउने प्रलोभनमा पारेर करीब ३ लाख लिएर सम्पर्कविहीन भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका–२ घर भएका २४ वर्षीय मनोजकुमार साह छन् । काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको छ । पक्राउ परेका साहलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालयमा पठाइएको…