जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

दाङ – प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपलिका–१५ शहिद गेटनजिक रहेको होटल सुपर लजबाट जुवातास खेलिरहेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका–६ बस्ने ४८ वर्षीय सुरेन्द्र हमाल समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ८८ हजार ८२० रूपैयाँ…