जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ

काठमाण्डु – प्रहरीले देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई पक्राउ गरेको छ । पाल्पाकी १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा माथागढी गाउँपालिका–१ बस्ने ६२ वर्षीय तुल बहादुर झेडी मगरलाई प्रहरीले पक्राउ गरेको छ । मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट माणीफाँटबाट खटिएको प्रहरी टोलीले उनलाई…