धोबीघाटमा डिउटीमा खटिएका प्रहरी कुटिए, दुई जना पक्राउ

ललितपुर – प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार  गर्ने  दुई जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–२ धोबीघाट चोकमा डिउटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जनालाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–४ बागडोल बस्ने ३१ वर्षीय उमेश खड्का र धादिङ घर भई सोही ठाउँ बस्ने २६ वर्षीय रुकेश रानाभाट…