स्रोत नखुलेको साढे १४ लाख रकमसहित १ जना पक्राउ

मोरङ – प्रहरीले स्रोत नखुलेको साढे १४ लाख रकमसहित १ जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१७ बाट स्रोत नखुलेको रकम १४ लाख ५० हजार रूपैयाँसहित विराटनगर महानगरपालिका–१८ बस्ने ४१ वर्षीय बिरेन्द्र साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट मटेरूवाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को३८प ५८५१ नम्बरको मोटरसाइकलामा…