ताप्लेजुङ – फुङलिङ नगरपालिका–६ बस्ने २८ बर्षीय तेजेन्द्र लिम्बुको हत्या गरेको अभियोगमा ३२ वर्षीय अर्जुन गुरूङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । फक्ताङलुङ गाउँपालिका–३ स्थित फुपु योगमाया लिम्बुको घरमा पाहुना आएका अर्जुन र उनकै श्रीमती सरिता लिम्बुबीच विवादको क्रममा झगडा भएकोमा फुपुले सम्झाइबुझाई दुबै जनालाई छिमेकी तेजेन्द्रको साथ लगाई उनीहरूकै घर पठाएकोमा घर फर्किने…