नागढुङ्गामा लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने ७ चालक पक्राउ

काठमाण्डु – राजधानी काठमाण्डुको मुख्य नाका नागढुङ्गामा शुक्रबार गरिएको विशेष जाँचका क्रममा लागूपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाइरहेका ७ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा सार्वजनिक यातायातका चालकहरूको संख्या उल्लेख्य रहेको छ । प्रहरीका अनुसार नियन्त्रणमा लिइएका चालकहरूमध्ये ३ जना हाइस चालक, २ जना बस चालक, १ जना ट्रक चालक र…