निर्मला हत्याकाण्ड : २४ दिन थुनामा बसेका विष्ट रिहा, डिएनए मेल खाएन

काठमाडौं–कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणका आरोपित दिलीपसिंह विष्ट अदालतको आदेशमा साधारण तारेखमा रिहा भएका छन्। घटनाको २४ दिनपछि प्रहरीले भदौ ४ गते विष्टलाई मुख्य अभियुक्त करार गर्दै पक्राउ गरी मुद्दा अगाडि बढाएकोमा डिएनए मेल नखाएपछि उनी अदालतको आदेशमा मंगलबार रिहा भएका हुन्। जिल्ला अदालत कंचनपुरले विष्टको संलग्नता पुष्टि गर्ने आधार नभएको…