गोंगबुमा प्रहरीको स्विप अप्रेसनः अनैतिक क्रियाकलापमा संलग्न २८ जना पक्राउ

काठमाडौं – काठमाडौंको गोंगबुस्थित विभिन्न खाजा घर तथा रेष्टुरेण्टहरुबाट अनैतिक क्रियाकलापमा संलग्न २८ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले स्विप अप्रेसन गर्ने क्रममा १५ जना पुरुष र १३ जना महिला गरी २८ जनालाई बिहीबार साँझ पक्राउ गरेको हो । साथै अनैतिक क्रियाकलापमा संलग्नलाई नियन्त्रणमा लिने क्रममा डिउटीमा खटिएको प्रहरीलाई…