काठमाडौं – वर्ल्डलिंक कम्पनीको कर्मचारी हुँ भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका ठमेल बस्ने कम्पनीका पूर्व रिटेल्स सेल्स एसिसटेन्ट १८ वर्षीय सुशान्त ओझा भन्ने निरज कुईकेललाई बुधबार प्रहरीले पक्राउ गरेको हो । उनले कम्पनीको मोवाइल र परिचयपत्रको दुरुपयोग गरी काठमाडौंका बिभिन्न स्थानमा गई…