नक्कली शैक्षिक प्रमाणपत्रसहित शिक्षक पक्राउ

काठमाण्डु – प्रहरीले काभ्रेबाट नक्कली शैक्षिक प्रमाणपत्रसहित १ शिक्षकलाई पक्राउ गरेको छ । काठमाण्डु अपराध महाशाखाको टोलीले धुलिखेल नगरपालिका–५ श्रीखण्डपुरबाट ४८ वर्षीय विकास श्रेष्ठलाई पक्राउ गरेको छ । उनको साथमा त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरू रहेको भन्ने सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट एनसीसीबाट जारी भएको स्नातकोत्तर…