विमानस्थलबाट मलद्वारमा लुकाएको १ किलो सुनसहित समातिइन् मिना

काठमाण्डु– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ सय ६० ग्राम सुनसहित एक महिला पक्राउ परेकी छन् । दुबईबाट एयर अरेबियाको जहाजबाट काठमाण्डु आएकी भारती नागरिक मिना सुर्जित सिंह खेमानी पक्राउ परेकी हुन् । ५३ वर्षीया ती महिलाले मलद्वारमा लुकाएर कालो पलास्टिकमा बेरेको अवस्थामा उक्त सुन बरामद भएको विमानस्थल सुरक्षा प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले बताए । शारजाहबाट…