दुर्गा प्रसाईं पक्राउ, १४ दिनसम्म कहाँ थिए उनी ?

काठमाण्डु- तिनकुने घटनापछि फरार रहेका राजसंस्था पुनःस्थापनाका लागि गठित जनआन्दोलन समितिका कमान्डर दुर्गा प्रसाईं पक्राउ परेका छन् । फरार रहेको १४ दिनपछि उनलाई भारतको असाम राज्यबाट पक्राउ गरिएको हो । उनलाई काकडभिट्टा नाका हुँदै नेपाल ल्याउँदै गरिएको प्रहरी स्रोतले जानकारी दियो । तीनकुने घटनामा प्रहरीलाई गाडीले पेलेर प्रदर्शनकारीलाई उक्साएका प्रसाईं केहीबेरपछि सम्पर्कविहीन भएका थिए ।…